ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यधिक मोवाइल हेर्दा लाग्ने रोग‘डुमस्क्रोलिङ’, मस्तिष्कमा कस्तो असर गर्छ


एबीसी / संवाददाता
५ श्रावण २०७८, मंगलबार   २ : ४२   बजे

काठमान्डौ ५ साउन

कोरोना महामारीका कारण मानिसको दैनिकी फेरिएको छ । अन्य काम नहुँदा मोबाइल लामो समयसम्म हेरिरहने बानी परेको छ । मोबाइलमा लामो समयसम्म हेरिरहँदा ‘स्क्रोलिङ’ वा ‘डुम’ जस्ता समस्या हुन्छ ।
के हो ‘डुमस्क्रोलिङ’
यो एक मानसिक समस्या हो । स्क्रिनमा अत्यधिक समय धेरैजसो नकारात्मक समाचारजन्य सामग्री स्क्रोल गर्दै हेर्दा उत्पन्न हुने समस्या नै ‘डुमस्क्रोलिङ’ हो । यो पत्ता लगाउन सजिलो हुन्छ । तपाईँलाई असर गर्ने नकारात्मक समाचारको विस्तृत विवरण खोतल्दै लैजानुहुन्छ भने ‘डुमस्क्रोलिङ’ भएको मान्न सकिन्छ ।

हामी कुनै बेला निश्चित समाचारमा अडिन सक्दैनौँ, बरु लगातार नकारात्मक समाचारसँग सम्बन्धित समाचार हेर्दै वा पढ्दै स्क्रिन स्क्रोल गर्दै लैजान्छौँ । साथै अन्य विभिन्न नयाँ वेबसाइटमा नयाँ कुराको खोजीमा लगातार लाग्छौँ । यस्तो हुँदा हाम्रो दैनिक सामान्य जीवनमा असर पर्छ । त्यो कुरा स्वयम्लाई थाहा हुन्छ । तर त्यसबाट टाढा हुन सकिरहेका हुँदैनौँ ।
‘डुमस्क्रोलिङ’बाट बच्ने उपाय
यो एक मानसिक समस्या भएका कारण मस्तिष्कलाई नकारात्मक कुराबाट टाढा राख्ने तथा विभिन्न ग्याजेटको प्रयोग सीमित गर्ने कार्य नै यसबाट बच्ने उपाय हुन सक्छन् । यहाँ अन्य केही उपाय प्रस्तुत गरिएको छ स्
सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने स् सामाजिक सञ्जालमा जोसुकैले पनि अफवाह फैलाउने किसिमका समाचार सामग्री राख्ने गर्छन् । जसले मस्तिष्कमा नकारात्मक असर पार्छ । त्यसैले सकेसम्म सामाजिक सञ्जाल प्रयोगलाई सीमित गर्नुपर्छ । सुत्ने बेला यसको प्रयोग गर्नु हुँदैन । यसका लागि सबभन्दा उत्तम उपाय भनेको ओछ्यान नजिक मोबाइललगायतका ग्याजेट नराख्नु हो ।
योगा तथा नियमित व्यायाम गर्ने स् योगाभ्यास तथा नियमित शारिरीक व्यायाम गर्दा शरीरमा सकारात्मक ऊर्जा आउँछ । त्यसैले शारिरीक र मानसिक स्वस्थ रहन नियमित व्यायाम गर्नुपर्छ ।
मनोरञ्जनात्मक कार्य गर्नेरसकारात्मक कार्य गर्नेस् मनोरञ्जनात्मक कार्य गर्दा नकारात्मकता हट्छ । रुचिअनुसारका कार्य गर्दा आफूलाई आत्मासन्तुष्टि मिल्छ । त्यसैले आफ्नो रुचिअनुसार सकारात्मक ऊर्जा दिने किसिमका गीत गाउने, नाच्नेलगायतका मनोरञ्जनात्मक कार्य गर्न सकिन्छ ।
सधैँ फाइदाजनक कार्यमा व्यस्त रहनेस् सधैँ व्यस्त रहँदा नकारात्मक कुराले दिमागमा बास पाउँदैन । त्यसैले सधैँ फाइदा पुग्ने कार्य गरिरहनुपर्छ । जस्तै सकारात्मक किसिमका पुस्तक पढ्ने, परिवारका सदस्य मिलेर काम गर्नेलगायतका कार्य गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu