ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै


एबीसी / संवाददाता
१० भदौ २०७८, बिहिबार   १ : ३९   बजे

काठमाडौँ, १० भदौ ।  सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ ।

उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिनुभयो । विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ ।

सन् २०२० को तथ्याङ्कअनुसार हाल यो पब्लिकेशनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन् । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन् । अमेरिकी सामाजिक अभियानकर्मी डा विष्णुमाया हाल जर्सीसिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यसमेत हुनुहुन्छ ।

डा विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उहाँकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको थियो । डा विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu