ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता


एबीसी / संवाददाता
१० भदौ २०७८, बिहिबार   ४ : ३९   बजे

काठमाडौँ, १० भदौ :
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताउनुभयो । उहाँले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिनुभयो ।

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराउनुभयो । उहाँले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराउनुभयो । “नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराउनुभयो । उहाँले कालाबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले कुनै पनि खाद्य पदार्थ आवश्यकताभन्दा बढी आयात भएको छ भने त्यसमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने समेत आश्वासन दिनुभयो ।

गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भएरहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँहरुले कालोबजारी नियन्त्रण र मितिसकिएको खाद्य पदार्थमा पुनः मिति राखेर बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि आग्रह गर्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले कालोबजारी गर्ने र अखाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेकाले नियन्त्रणका लागि गृहमन्त्रीको ध्यानाकर्षण गर्नुभएको थियो ।

नेपाली कांग्रेसका मीना पाण्डे र दीलेन्द्रप्रसाद बडूले पनि दार्चुला घटनाका विषयमा सरकारले निडरताका साथ छानबिन गर्नुपर्ने र छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही पार्टीका अमरेशकुमार सिंहले राजनीतिक मिलेमतोका कारण मुलुकमा कालोबजारीका घटना हुने गरेको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र यशोदा गुरुङ सुवेदीले दार्चुला घटनाको सम्बन्धमा भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुने अवस्थामाथि नै आशङ्का उब्जिएको छ भन्नुभयो ।

साँसद सुवेदीले सुरुमा सरकारको पहलकदमी महत्वपूर्ण भए पनि पछिल्लो समयमा कमजोर प्रदर्शन भइरहेको बताउनुभयो । साँसद शर्माले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लाग्न नसक्दा समग्र नेपालीको नै शिर निहुरिएको बताउँदै गम्भीर प्रकृतिका घटनामा संवेदनशील हुन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका महेश्वर जङ गहतराजले दार्चुलाको घटना छानबिन प्रक्रिया ढिलाइ भएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महेश बस्नेतले दार्चुला घटनाका विषय दुई देशबीच छलफल गर्नुपर्ने भए पनि सरकार किन मौन भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा केही घटना घट्यो भने प्रहरीको खोजी किन हुँदैन, सामाजिक अभियन्ता र युट्युवरको खोजी हुन्छ किन ? कानून कार्यान्वयन गर्ने निकाय कहाँनिर चुक्यो, गम्भीर हुनुपर्ने बेला आएको छ ।”

समितिका सदस्य नेकपा (एकीकृत समाजवादी) का झपटबहादुर रावलले दार्चुला घटनामा जयसिंह धामी बगेको नभइ बगाएको र खसेको नभइ खसाइएको हो, भन्नुभयो । उहाँले खुला सीमानाका कारण नेपालमा आपराधिक गतिविधि बढ्दो रहेको दाबी गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दार्चुला घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group