काठमाडौ, १९ पुस । चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले आईतबार नवलपुर रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा बुवा प्रकाश कोइराला र आमा सुस्मा कोइराला सगै पुगेर अवलोकन गरेकी छिन् । चिकित्सालय अवलोकन पश्चात संचारकर्मी सग कुरा गर्दै मनिषाले नया वर्ष मनाउनका चितवन आएका समयमा आफन्तबाट यस चिकित्सालयको बारे सुने आफु पनि विरामी भए पछि प्राकृतिक चिकित्सालय प्रति आशा भरोसा जाग्यो र भारतका चिकित्सालयमा पुगेको बताउदै यस चिकित्सालयबाट हुने उपचार पद्धति र बारे बुझ्न आएको उनले बताईन ।
कोइरालालाई चिकित्सालय व्यवस्थापन समितीका अध्यक्ष सन्त बहादुर क्षेत्री, चिकित्सालय व्यवस्थापक हरि सापकोटा, सचिव प्रदिप घिमिरे, चिकित्सालयका डाक्टर, कर्मचारीहरु, व्यवस्थापन समितीका पदाधिकारी लगाएतले स्वागत गरेका थिए । सामुदायबाट २०६७ सालमा धान्याञ्चलको आयोजना गरी स्थापना गरिएको यस चिकित्सालयमा पछिल्लो समय प्राकृतिक चिकित्साप्रति मानिसहरुको विश्वास बढ्दै गएको व्यवस्थापक हरि सापकोटाले बताए । चिकित्सालयमा वर्षमा १८ सयको हाराहारीमा उपचारका लागि बिरामि आउने गरेका र चिकित्सालयलको क्षमताको विकास गर्ने काम समेत भईरहेको व्यवस्थापक सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्