पुस २०, बुटवल ।
५ नम्बर प्रदेशको केन्द्र बुटवल बाहेक अन्यत्र बनाउने चलखेल गरेको भन्दै रुपन्देही कांग्रेस दुउवा सरकार बिरुद्ध आन्दोलित भएको छ ।
सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले आज जिल्लाको बिभिन्न स्थानमा १ घण्टे चक्काजाम गरेको छ । रुपन्देहीको सैनामैना, मणीग्राम र बुटवलको पुष्पलाल पार्कमा भेला भएर बिहान ९ बजे देखि १० बजे सम्म कांग्रेस कार्यकर्ताहरुले सवारी आगामन बन्द गराएका थिए ।
एबीसी न्युज संग प्रतिक्रिया दिंदै कांग्रेस रुपन्देहीका नेता तथा बुटवल उपमहानगर समितीका सभापति खेलराज पाण्डेले बुटवल बाहेक अन्यत्र केन्द्र तोकिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
प्रतिनिधिसभामा रुपन्देही २ का उपबिजयता कांग्रेस महासमिती सदस्य युवराज गिरीले प्रदेशको ६८ प्रतिशत आवादी रहेको रुपन्देहीलाई केन्द्र बनाउनुको बिकल्प नरहेको भन्दै सरकारले केन्द्र घोषणा नगरे रुपन्देही कांग्रेसले सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
सरकारले गठन गरेको प्रदेश केन्द्र सिफारिस गर्न गठीत समितीले दाङलाई केन्द्र तोक्न प्रस्ताव गरेसंगै बुटवलमा बिभिन्न संघ संस्थाहरुले आन्दोलनको तयारी सुरु गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्