काठमाडौं, २० पुस । आज विहिवार विहानै प्रधानमन्त्री देउवाले बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए । आज बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरेको प्रस्तावमा वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।
दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो , एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।
एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएका थिएनन् । एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेलसहितका नेताहरु बालुवाटार पुगेका थिए । उनीहरु प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका थिए ।
प्रतिक्रिया दिनुहोस्