ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ– नेता नेम्वाङ


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ३ : ४४   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न फैसला दिने न्यायाधीशहरूलाई सरकारले पदक दिएर पुरस्कृत गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

एमालेद्वारा आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेता नेम्बाङले यस्तो आरोप लगाउनु भएको हो । एमाले फुटाउन भूमिका खेल्ने र फैसला सुनाउने न्यायाधीशलाई समेत सरकारी मानपदवी–अलंकार प्रदान गरिनुलाई नेम्वाङले अर्थपूर्ण भन्नुभयो । ‘ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहरुले महत्वपूर्ण मेडल पाउनुभयो भन्दै नेम्वाङले त्यस्तो पदक अस्वीकार गर्न आग्रह गर्नुभयो । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिने घोषणा गरेको छ । त्यसैगरी दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा शेरबहादुर देउवाले हालेको रिटमाथि बहस गर्ने वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव, बद्रीबहादुर कार्की, हरिहर दाहाल, मिथिलेश सिंह, रमण श्रेष्ठ, गोविन्द बन्दी, पदम रोक्का र दिनेश त्रिपाठीलाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ ।

राष्ट्रपतिबाट बाडिएको पदकले देश कतातिर अघि बढिरहेको भन्दै नेम्बाङले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त बनाउदै थप प्रतिवद्धता जनाउनुपर्नेमा उल्टो पुरस्कार घोषणा गरेको टिप्पणी गर्नुभयो । नेम्बाङले आफनै पूर्व सहकर्मी झलनाथ खनालप्रति व्यङ्ग्य गर्दै दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको बताउनुभयो । विभूषित हुने सूचीमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका पिता स्वर्गीय मंगलप्साद उपाध्याय पनि नेम्बाङको कटाक्षबाट बचेनन् । एमाले फुटाउन नेपालमै सक्रिय दुईजनाका परिवारले पनि मेडल पाउनुभए । कसैले मरणोपरान्त पाउनुभएछ’, नेम्बाङले भन्नुभयो, ’ओली सरकारविरुद्ध मुद्दा लगाउनेले पनि मेडल पाएछन्। मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ ।

अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ । मुद्दामा फैसला गर्ने न्यायाधीशले पनि मेडल पाउनुभएछ ।’ नेम्बाङले न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गर्नुभयो । यस्तो सन्देश जान दिनुहुँदैन। यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस’, उहाले भन्नुभयो, ’अस्वीकार गरिदिएको घोषणा गरिदिनुस्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group