ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिमा परिवर्तन ल्याउन मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ– कांग्रेस प्रवक्ता शर्मा


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ५ : ०४   बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो ।“हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो”, उहाँले भन्नुभयो, “त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।”

उहाँले बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उहाँ जेल बस्नुभएको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाइँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले बीपीको विचारमा चिन्तन र मलजल गरेको गृहजिल्ला झापामा आएर चुनावी अभियान थालेको बताउनुभयो । नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्नुभएको छ । सो अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ । उहाँले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उहाँले बताउनुभयो ।

सात सालदेखि अहिलेसम्म आउँदा मुलुकमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उहाँले नेता र दलहरुको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गर्नुभयो । सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा मुलुकको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेता अलि कति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उहाँले केही नेताको यस्तै कमजोरीलाई औँल्याएर लोकतन्त्र नचाहने शक्ति गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्धृत रहेको बताउनुभयो । मुलुकको रुपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आगामी महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताको शुभेच्छा र मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group