ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह


एबीसी / संवाददाता
१३ आश्विन २०७८, बुधबार   ४ : ३२   बजे

काठमाडौं । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् ।

उहाँहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गर्नुभएको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गर्नुभयो । उपत्यकाबाट बाहिर जानेले कोरोना सङ्क्रमण गाउँगाउँमा फैलाउन सक्ने र उपत्यका भित्रिनेले कोरोना लिएर आउन सक्ने हुँदा उपत्यकामा महामारी फैलिन नदिन नाकामा कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रहरी प्रशासनले नाका कडाइ गरेर उपत्यकालाई कोरोना महामारीको तेस्रो लहरबाट जोगाउनुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कोरोना यस्तै हो भनेर लापरबाही गर्न नहुनेमा जोड दिँदै आउन सक्ने महामारीको तयारी र नाकामा कडाइलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सार्वजनिक यातायातमा यात्रुको भीड लाग्ने गरेको र स्वास्थ्यमापदण्ड लागू नभएकाले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवसायीलाई सचेत गराउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि राजाराम कार्कीले राजनीतिक दलले भेला गर्ने, जुलुस गर्ने, भाषण गर्न मिल्ने हामीले सामान्य कार्यक्रम गर्न नमिल्ने भन्दै जनताले दलहरुको कार्यक्रमप्रति आक्रोस व्यक्त गरेको बताउनुभयो । उहाँले दसैँको मुखमा बजारमा कालोबजारी बढेको भन्दै अनुगमन कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले भक्तपुर भित्रिने साँगा नाका कडाइ गर्नुपर्ने र बजारमा व्यापारीले गरेको ठगिलाई अपराधकै मान्यतामा राखेर कारबाही गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बजार अनुमगनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमन गर्ने तर कारबाही नगर्ने हुँदा अपराध मौलाएको भन्दै कारबाहीको नीति ल्याउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताउनुभयो । उहाँले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group