शशिधर भण्डारी
प्युठान, २१ पुस । बिहिबार साझँ प्युठानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन । जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चाको दाउराको चिर्पट प्रयोग गरि हत्या गरेको प्रहरीले बताएको छ।
दाउराको प्रहारबाट घाइते रैसिङको उपचारको क्रममा गएराती बुट्वलमा मृत्यु भएको हो। आमाबुवा दुबैलाई हत्या प्रयास गरिएपनी सिकिस्त घाइते रहेकी उनकी आमाको बुट्वलमा उपचार भइरहेको छ।
हत्यापछि मोहोनलाललाइ स्थानियले नियन्त्रण गरि स्थानिय प्रहरिलाइ बुझाएका छन। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले घटना दुखद भएको बताउदै घटना कसरी,किन र कुन परिस्थितिमा घटेको छ यसबारे अनुसन्धान गर्ने बताएका छन।
झण्डै दुई बर्ष जति सोलुखुम्बु स्थित एक हाइड्रोपावरमा ट्याक्टर चलाउदै आएका सोनु भनेर चिनिने मोहोनलाल हप्तादिन अघि बुबा विरामी रहेको भन्दै घर आएका थिए।
प्रतिक्रिया दिनुहोस्