ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारजगत संवेदनशील हुनुपर्दछ– मन्त्री थापा


एबीसी / संवाददाता
२४ आश्विन २०७८, आइतबार   ३ : ३६   बजे

काठमाडौं । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उहाँले प्रत्येक व्यक्तिलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा योगको माध्यमबाट तनावमुक्त बनाउन सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले समाचार सम्प्रेषण गर्दा विकाउ भन्दा पनि टिकाउलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कोसिस नेपालका दिपेश भट्टराईले मानसिक रोग र आत्महत्याको प्रयासकाबारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा प्रत्येक वर्ष पाँच हजार भन्दा बढी आत्महत्याका घटना हुनेगरेको जानकारी दिनुभयो ।विश्वमा एक सेकेन्डमा ४० व्यक्तिले आत्महत्याको प्रयास गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक दशको अवधिमा ५० हजार व्यक्तिले आत्महत्या गरेका छन् । गण्डकी प्रदेशमा मात्र २०७७ साल वैशाखदेखि असोज मसान्तसम्म ३८४ जनाले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो ।

महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महाङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, अग्रज पत्रकार बद्रीविनोद प्रतिक, कोसिस परियोजना गण्डकी प्रदेश संयोजक सुदिप घिमिरे, महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराललगायतले आत्महत्या न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group