ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय विमानस्थलको ‘काम नरोक्नू, अरु काम हुदै गर्छ’,– प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
२५ आश्विन २०७८, सोमबार   ५ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर ओर्लनुभएका प्रधानमन्त्री देउवाले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘काम नरोक्नू, अरु काम हु“दै गर्छ’, भन्दै उहा“ले समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले निर्माण क्रममा देखिएका समस्याबारे जानकारी गराउ“दै विमानस्थलको पूर्वतर्फ रहेको रिट्ठेपानी डा“डा कटानका लागि पूरक ईआईए गर्न पुनः निर्णय गर्नुपर्ने देखिएको बताउनुभयो । आयोजना प्रमुख मुनकर्मीले विमानस्थलमा नहर, ढल र बर्खामा आकाशे पानीले समस्या ल्याउ“दा ढलको पानी तर्काउनुपर्ने, विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट सार्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्नेलगायत समस्या रहेको जानकारी गराउनुभएको थियो ।

चिनिया“ कम्पनी सीएएमसीले सन् २०२१ जुलाई १० मा विमानस्थल नेपाली पक्षलाई हन्तान्तरण गर्ने घोषणा गरेको थियो। तर कोरोना महामारीका कारण ठेकेदार कम्पनीले एक वर्ष समय थपेको छ । विमानस्थलको रनवे,ट्याक्सी वे, एप्रोन,पार्किङ र ह्याङ्गर एप्रोन, बत्ती जडानका काम भइसकेका छन् भने भित्री बाटोको काम पनि ७० प्रतिशत सकिएको छ । विमानस्थलको टर्मिनल भवन तयार छ। समग्रमा विमानस्थलको ८४ प्रतिशत भौतिक काम सकिएको मुनाकर्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु अभियन्ता अटलदेव ढकाल ग्लोकल टिन हिरो दक्षिण एसिया विजेता

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu