भद्रपुर, २१ पुस । झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ ।
पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उनलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् ।
सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्