ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना


एबीसी / संवाददाता
७ कार्तिक २०७८, आइतबार   ७ : १३   बजे

काठमाडौँ । नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ । सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी ईलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो ।

कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठूलो ढुङ्गा झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा बिष्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ । अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरामा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो ।

सेनाद्वारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्याधिक चिसोको कारण लेक लागि धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भए पश्चात सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुञ्चेमा पु¥याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group