ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवासँग स्पेनका प्रान्तीय सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको भेट


एबीसी / संवाददाता
११ कार्तिक २०७८, बिहिबार   ७ : ०८   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको स्पनेको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडो नेतृत्वको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउन लागेकामा खुसी व्यक्त गर्दै त्यसमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउने कार्य र यस्ता भेटघाटले नेपाल–स्पेन कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । साथै उहाँले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि जलवायु परिवर्तनले नेपाललाई बढी असर गरेको उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको फाउण्डेसनका सचिव एकराज गिरीले जानकारी दिनुभयो । सो अवसरमा सभामुख ब्लान्का मार्टिन डेलगाडो व्यस्तताका बाबजुद पनि समय उपलब्ध गराउनुभएकामा प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्दै स्पेनमा फाउण्डेसनले बनाउने परियोजनाले बुद्धको जन्मभूमि नेपालका बारेमा थप प्रचारप्रसार हुने बताउनुभयो ।

यसले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले बुद्धजन्म भूमिबाट बुद्धको शान्तिको सन्देश स्पेनले संसारभर फैलाउन पाउँदा खुसी भएको उल्लेख गर्नुभएको थियो । भेटमा स्पेनका स्थानीय सरकारका प्रमुख, फाउण्डेसनका अध्यक्ष जोसे मानुयल भिलानोभा, उपाध्यक्ष गोविन्द सुवेदी, सचिव गिरीलगायत सहभागी हुनुुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group