ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


एबीसी / संवाददाता
१३ कार्तिक २०७८, शनिबार   ३ : ५५   बजे

काठमाडौं । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

पक्राउपर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

३५ हजारले लगाए कोरोनाविरुद्धको खोप

जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।

जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो । तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उहाँले बताउनुभयो ।

यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नागरिकले लक्ष्यअनुसार कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अनिवार्य रुपमा खोप लगाउन सबैमा आग्रह गर्नुभएको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले अनिवार्य लगाउन समितिले आग्रह गर्नुभयो ।

कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । आआफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि पाण्डेले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभएको छ ।

खोप लगाउन अटेर गरेको पाइए सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उहाँको भनाइ छ । अठार वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu