ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीप्रति जनताको विश्वास बढिरहेको छ – अध्यक्ष ‘प्रचण्ड’


एबीसी / संवाददाता
१५ कार्तिक २०७८, सोमबार   १ : ३३   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।” उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।” अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।” आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।” उहाँले यस्तो सपना देख्नु नराम्रो नभएको बताउनुभयो । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको ऊर्जाले प्रमाणित गरेको अध्यक्ष दाहालको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “अहिले माओवादीमा प्रवेश गर्नेको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी छ, त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्छ ।” अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उहाँको भनाइ थियो । भूमिहीनलाई लालपूँर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu