ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन


एबीसी / संवाददाता
२१ मंसिर २०७८, मंगलबार   ५ : ४९   बजे

बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएकोे जानकारी दिनुभयो । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो । मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने जनाउँदै पूर्वाधार निर्माणको काम लगाएको थियो । यसपछि पश्चात् यहाँ प्याराग्लाइडिङ हुने÷नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवका समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो ।

‘‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, ‘‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ ।’’ तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो । बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताउनुभयो । ‘‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘यदि पोखरामा दुवै सम्भव हुँदा यहाँ नयाँ व्यावसायिक कम्पनीले उडान गर्न सक्छन् ।’’ उहाँले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टङ्ंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिनुभयो ।

यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त भएको प्यारापाइलट बताउछन् । प्रदेश सरकारले यसअघि परीक्षण सफल भइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पाँचवटै स्थानमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि भने पहल भएका छैनन् ।‘‘आइकाओको मान्यताअनुसार पोखरामा विमानस्थल सञ्चालनमा आउदा प्याराग्लाइडिङ विस्थापन हुन्छ, मन्त्रालय र महाशाखाले पूर्व तयारी गरेको हो,’’ पर्यटन महाशाखाका प्रमुख दुर्गा श्रीषले भन्नुभयोे,‘‘अहिले नै प्रयोगमा नआएको भए पनि तयार भएका संरचना प्रयोगमा आउछन् ।’’

मन्त्रालयले सबै संरचनाको विषयमा जानकारी राखेको श्रीषले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्नेगरी तयार पारिएका संरचना रहेको स्थान एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको सरोकारवाला बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group