ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको प्रदेश समितिमा नौ पदाधिकारी


एबीसी / संवाददाता
२३ मंसिर २०७८, बिहिबार   ५ : २९   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्र ले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रदेश समितिको पदाधिकारी सङ्ख्या नौ बनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । यसअघि प्रदेश समितिमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था थियो । प्रदेश समितिको संख्या बढाउने निर्णय पनि भएको उहाँले बताउनुभयो । “यसअघि प्रदेश समिति न्यूनतम् १७५ सदस्यीय हुने व्यवस्था थियो, तर त्यति सङ्ख्याले मात्र नपुग्ने भएकाले प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर थप्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
१ नं प्रदेशमा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । पछिल्ला समय अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टी प्रवेश गर्नेको सन्दर्भमा अध्ययन गर्न नेता देवप्रसाद गुरुङको संयोजकत्वमा नेता गिरिराजमणि पोखरेल र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल सदस्य रहेको कार्यदल बनाइएको उहाँले बताउनुभयो । “पार्टी प्रवेश गर्ने व्यक्तिले यसअघि कुन पार्टीमा कस्तो जिम्मेवारी सम्हाल्नुभएको हो, त्यसका बारेमा अध्ययन गर्ने र कस्तो राजनीतिक र साङ्गठनिक जिम्मेवारी दिने भन्ने विषयमा कार्यदलले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो ।

बैठकले पार्टीमा महिला प्रतिनिधित्व वृद्धि गर्न महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई तोकिएको छ । विभागलाई छिट्टै पूर्णता दिने निर्णय भएको उहाँले बताउनुभयो । माओवादीले यसअघि विभिन्न ३४ वटा विभाग गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group