ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन जारी


एबीसी / संवाददाता
२५ मंसिर २०७८, शनिबार   ३ : ४६   बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ ।

दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गर्नुभएको छ । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी महामन्त्रीमा अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन भने सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी मनोनयन गर्नुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उहाँका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा छ, अल्पसङ्ख्यकमा दुई, मुस्लिम कोटामा नौ, थारुमा छ, दलित २३, महिला १३, खसआर्यतर्फ ३५ जना, आदिवासी जनजाति क्लष्टरबाट ४२ जना र खुलातर्फ ३५ जनाको उम्मेदवारी परेको छ । यसैगरी प्रदेश १ बाट चार, प्रदेश २ बाट दुई, लुम्बिनी प्रदेशका लागि नौ, गण्डकीका लागि छ, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि तीन, वाग्मतीका लागि चार तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसारका उम्मेदबारको फरकफरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

यसैगरी, केन्द्रीय सदस्य खुल्लातर्फ दिलेन्द्रप्रसाद बडूले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group