ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेलीब्रेटीका तस्वीर राखेर ठगी गर्ने पत्रकार एन्जिना कार्की पक्राउ


एबीसी / संवाददाता
२७ मंसिर २०७८, सोमबार   ६ : १४   बजे

काठमाडौं । आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् । अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो ।

ठगी धन्दामा उनी भने एक्लै छैनन् । उनको सात, आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group