ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : शङ्कर पोखरेल


एबीसी / संवाददाता
२७ मंसिर २०७८, सोमबार   ६ : ५७   बजे

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०ले लिनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको ‘एमाले १०आँै राष्ट्रिय महाधिवेशनको सन्देश स् समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताउनुभयो । “हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।” उहाँले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अघि नै सबै जनवर्गीय सङ्गठनको फागुन मसान्तभित्र महाधिवेशन सक्न निर्देशन दिएको बताउनुभयो ।

महासचिव पोखरेलले समाजका सबै तहमा महिलालाई योग्य बनाउने सके मात्रै अनेमसङ्घको सान्दर्भिकता र सार्थकता पुष्टि हुने बताउनुभयो । आर्थिक क्रियाकलापमा सहभागिमा न्यून रहेको भन्दै उहाँले उत्पादनमा सहभागिता, सम्पत्ति आम्दानी बनाउने जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो । सामाजिक आन्दोलनले समाजलाई बदल्ने सक्ने उहाँको भनाइ थियो ।निर्वाहमुखी कृषि, व्यापारजस्ता पछौटेपनले समाजवादको आधार तयार गर्न नसक्ने भनाइ राख्नुभयो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनलाई थप सशक्तिकरण गर्नुपर्ने धारणा राख्नुभयो । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा दुई पदाधिकारीसहित ११७ जना महिला केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्यका अनुसार ६ जना स्थायी कमिटी सदस्य र १८ पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका छन् । स्थायी कमिटीमा उपाध्यक्ष शाक्य, सचिव अर्यालसहित डा शिवमाया तुम्बाहाम्फे, थममाथा थापा, सीता पौडेल र विन्दा पाण्डे रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu