ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक– नेता पौडेल


एबीसी / संवाददाता
२ पुस २०७८, शुक्रबार   ५ : ४२   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले आज यहाँ आयोजना गर्नुभएको ‘धन्यवाद कार्यक्रम’मा उहाँले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वतहमा युवा आउनु सकारात्मक भएको बताउनुभएको हो ।

“निर्वाचनमा हारजित हुनु स्वभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ, युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो । नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । पार्टीभित्र आम एकताको खाँचो रहेको उहाँको भनाइ थियो । पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँले धन्यवादसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu