ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै आयोजनाको कम सक्न १३ वर्ष : पानी आउने आशमा बसेका उपभोक्ता निराश


एबीसी / संवाददाता
१४ पुस २०७८, बुधबार   ५ : २६   बजे

बलेवा । साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ । पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो । आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङ्की पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन नसकिएको हो ।

बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लो पटक बाढीले ठूलो क्षति पु¥याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताउनुभयो । सङ्घीय सरकारबाट सुरु भएको यो आयोजना सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । “पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्”, उहाँले भन्नुभयोे,“अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पु¥याउने लक्ष्य छ ।”

एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्याङ्की निर्माण भइसकेका छन् । झण्डै ६ किलोमिटर पाइपलाईनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले बताउनुभयो । “३०० धारा निर्माण भइसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्”, उहाँले भन्नुभयो, “पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ ।” उहाँका अनुसार मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको रु ४० लाखको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताउनुभयो । सुधार विस्तारको लागि रु २० लाख मात्रै विनियोजित बजेट छ । “बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ”, उहाँले भन्नुभयो, “बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।”

आयोजना अन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । “बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन, आशामै बिते १२ वर्ष”, उपभोक्ता क्षमकला शर्माले भन्नुभयो ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group