ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीको हनुमाननगरमा जसपाको खबरदारी जुलुस


एबीसी / संवाददाता
१६ पुस २०७८, शुक्रबार   ४ : ५५   बजे

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनमत पार्टी बिरुद्ध सप्तरीमा शुक्रबार खबरदारी जुलुस निकालेको छ । जनमत पार्टीका नेता कार्यकर्तामाथी कारवाहीको माग गर्दै जसपाले सो खबरदारी जुलुस निकालेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष लगायतले नेता कार्यकर्तामाथी आक्रमण तथा सवारीसाधनलाई तोडफोड गरेको भन्दै वडा अध्यक्षलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेको बेला जसपाले पनि सो पार्टी बिरुद्ध खबरदारी जुलुस निकालेको जनाइएको छ ।

कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको आरोपसहित जनमत पार्टीका कार्यकर्ता सडक आन्दोलनमा छन् । यता मंगलबारदेखी उक्त नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरी सोको सा“चो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषी रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनमत पार्टीको गत शनिबार आयोजित कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसी उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् । यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताउ“दै नौंटंकीको संज्ञा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group