ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’


एबीसी / संवाददाता
१७ पुस २०७८, शनिबार   ७ : १४   बजे

काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताउनुभयो । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्की, पल्मु शेर्पा, देवीकुमारी ढकाल र हिमा दङ्गालले रु १० करोड लगानी गर्नुभएको छ । त्यहाँ २० प्रकारका मासुमाछाको बिक्रीकक्ष छ । मिट माउन्ट सबै प्रकारका मासु माछा बिक्री हुने पसल हो । जहाँ खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अस्ट्रिज, कुखुरा, बट्टाई, हाँस, कुखुरालगायतको मासु, माछा एउटै छातामुनि सुपथ मूल्यमा पाइने आयोजकको भनाइ छ । मिट माउन्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फार्म झापासँग सहकार्य गरिरहेको छ । ती फार्मले कुखुरा, खसी, बँदेल, माछालगायतका पशुपक्षी उत्पादन गर्दै आएका छन् । मिट माउन्ट सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुरुप ८०० वर्गफिट क्षेत्रफलमा पशुपक्षी बधशाला र लगभग १३०० वर्गफिटमा बिक्रीकक्ष निर्माण गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायत सहभागि हुनुभएको मार्टका प्रबन्ध निर्देशक अबिचन्द्र रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group