ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा बृहत  सांस्कृतिक महोत्सव र लिगलिगे दौड प्रतियोगिता हुने


एबीसी / संवाददाता
२४ पुस २०७८, शनिबार   ४ : ४७   बजे

रुपन्देही । देवदह मगर संघले देवदहमा बृहत सांस्कृतिक महोत्सव गर्ने भएको छ । शनिबार देवदहमा पत्रकार सम्मेलन गर्दै संघले माघ १ गते मगर समुदायको मुख्य सांस्कृतिक तथा मौलिक पर्व भएको जनाउँदै देवदहमा तेस्रो सांस्कृतिक महोत्सव गर्ने घोंषणा गरेको हो । नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक एवम बहुसांस्कृतिक विविधताले सजिएको देश भएको उल्लेख गर्दै मगर समुदायको संस्कृतिको रक्षा र विकासका लागि सांस्कृतिक महोत्सव गर्न लागिएको संघका अध्यक्ष शोभाकुमारी थापा मगरले बताउनुभयो  ।

महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संघका कोषाध्यक्ष मिलन मास्की रानाको संयोजकत्वमा मुल आयोजक समिती बनाईएको छ । त्यसैगरी प्रेम थापा मगरको संयोजकत्वमा सांस्कृतिक उप-समिती, भुवन खासुमगरको संयोजकत्वमा खेलकुद उपसमिति, ताराबहादुर थापामगरको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति गठन गरिएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मुल समिती संयोजक रानाले २०७५ देखि  निरन्तर हुँदै आएको महोत्सव गत दुई वर्ष कोभिडका कारण रोकिएको भए पनि यो पटक भने स्वास्थ्य मापदण्ड अपनाएर गरिने बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथमा मगर जातिको संस्कार झल्किने सोरठी, सालैजो, घाटु, ठाडो भाका जस्ता मौलिक गीत र नृत्यको अवलोकन गर्न सकिने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताउनुभयो  । त्यसैगरी महोत्सवमा छेलो फाल्ने, घैटो फुटाल्ने र तीन खुट्टे दौड लगायतका खेलको मज्जा लिंदै मगर समुदायका परिकारहरू सेल रोटि,  खिचडी, तरुल बटुक तथा पोर्क मिटको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

तेस्तै देवदहमा सांस्कृतिक महोत्सवकै क्रममा लिगलिगे दौडको आयोजना गरिने देवदह मगर संघले जनाएको छ । देवदहका १२ वटै वडाका मगर समुदायका युवा युवतीको विचमा प्रतिस्पर्धा हुने र एक जना विजेता छानिने खेलकुद संयोजक भुवन खासुले बताउनुभयो ।  तीन किलोमीटरको दुरीमा हुने उक्त दौडमा प्रथम हुनेलाई एक वर्षको लागि लिगलिगे प्रमुख घोषणा गरिने र अर्को वर्ष साविक विजेता पुनः प्रतिस्पर्धामा जान नचाहेमा वा पुनः विजेता नभएमा मगर संघको झण्डा नयाँ विजेतालाई हस्तान्तरण गर्ने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताउनुभयो   ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group