ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फास्ट ट्र्याक’ समयमै सम्पन्न गर्नुपर्छ सबैले आआफ्नो दायित्व पूरा गर्नुस्– समिति


एबीसी / संवाददाता
२८ पुस २०७८, बुधबार   ७ : ११   बजे

काठमाडौं । ‘संसदीय समितिले काठमाडौँ–तराई मधेस दु्रतमार्ग ‘फास्ट ट्र्याक’ आयोजनालाई द्रुतरूपमा अघि बढाउने सन्दर्भमा सरोकारवाला मन्त्रालयलगायत सबैलाई आआफ्नो दायित्व पूरा गर्न निर्देश गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले द्रुतमार्ग निर्माण तोकिएको समयावधिभित्र पूरा गर्ने सिलसिलामा देखिएका चुनौती र समस्या हटाउन चाल्नुपर्ने कदमबारे सम्बन्धित मन्त्रालयका सचिवसगँको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो ।

समितिको आजको बैठकले रक्षा, अर्थ, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई द्रुतमार्ग समयावधिभित्र अर्थात् आर्थिक वर्ष २०८०÷८१ भित्र पूरा गर्न आआफ्नो मन्त्रालयमा पर्ने दायित्व यथाशीघ्र पालना गर्न निर्देशन दिएको सभापति रामनारायण विडारीले जानकारी दिनुभयो ।
बैठकले आयोजनाको कार्यसम्पादनलाई द्रुतगति प्रदान गर्ने सिलसिलामा कुनै कानूनले बाधा अड्चन खडा गरेको वा कानून संशोधन गर्न पर्ने वा निर्देशिका खारेज गर्नुपर्ने भएमा सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवलाई आगामी बैठकमा अनिवार्य उपस्थित हुनेगरी आमन्त्रण गर्ने निर्णय पनि गरेको छ ।

यसअघि बैठकमा सदस्यले राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना समयमै पूरा गर्न आर्थिक स्रोतको सुनिश्चितता, खोकना–बुङ्मती इलाकामा जग्गा अधिग्रहण विवाद निरुपण तथा रुख कटानको सहजीकरण गर्न मन्त्रालयबाट भएका प्रयासबारे चासो व्यक्त गर्नुभयो । बैठकमा मन्त्रालयका सचिवले आयोजनाको कामलाई सहजरूपमा अघि बढाउन आ–आफ्नो मन्त्रालयका तर्फबाट गर्न कार्य समयमै सहज र सरल ढङ्गबाट पूरा गर्ने प्रतिबद्धता जनाउँदै समन्वय र सहकार्यका आधारमा काम गर्ने विश्वास दिलाउनुभयो ।

राष्ट्रिय गौरवको सबैभन्दा प्राथमिकता प्राप्त करिब ७२ किमी दूरीको दू्रतमार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गसँग जोडिने दू्रतमार्ग निर्माणपछि काठमाडौँ र तराईबीच सडक यातायातको दूरी काम हुन गई यातायात ढुवानीको लागत र समय घट्ने मात्र नभई मुलुकै विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ । करिब रु एक खर्ब ७५ अर्ब प्रारम्भिक लागत अनुमान गरिएको फास्ट ट्र्याकमा तीन वटा सुरुङ र लामा छोटा ८७ पुल रहनेछन् । डिपीआर स्वीकृत भएको चार वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu