ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी निर्वाचनको तयारीमा लाग्नुस् – नेता श्रेष्ठ


एबीसी / संवाददाता
२८ पुस २०७८, बुधबार   ८ : १८   बजे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ”, नेता श्रेष्ठले भन्नुभयो, “अब पार्टीमा विजयी हुनेले उपविजेताको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ ।” पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उहाँले नेता कार्यकर्तालाई सुझाव दिनुभयो ।

पार्टीको १४औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली कांग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताउनुभयो । उहाँले पार्टीमा विजेता उपविजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ‘ख’ का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, कांग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ता पार्टीको सङ्गठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu