ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन


एबीसी / संवाददाता
८ माघ २०७८, शनिबार   ४ : ४३   बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ ।

केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हँुदैन, तत्काल बन्द गरेर कोरोना भाइ।रस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”

अहिले काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै गएको छ । उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिसकेको छ । पछिल्ला केही दिनयता देशभरिमा दैनिक १२ हजारभन्दा बढी कारोना भाइरस सङ्क्रमण पुष्टि भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu