ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता
१२ माघ २०७८, बुधबार   ४ : ४३   बजे

काठमाडौँ, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।”

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिए । मन्त्री कार्कीले भने, “निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।” सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पुर्‍याएने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भने, “त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।” उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे ।

संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए । उनले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएतापनि यस विषयमा छलफल चलिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu