ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्य शाहीको दुःखेसो


एबीसी / संवाददाता
१६ माघ २०७८, आइतबार   ६ : २४   बजे

कर्णाली, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनुभयो । प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठकका क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो ।

उहाँले बैठकको सुरुमा आपत्ति जनाए पनि त्यही समय लिँदै नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेलले करिब ४० मिनेट बोलिरहँदा सदस्य शाही त्यतिञ्जेल सभामा उभिरहनुभयो । जब नेता कँडेलले धारणा राखेर सक्नुभयो त्यसपछि सभामुख शाहीले के होला माननीय सदस्य ? छोटोमा कुरा राख्नुहोला भनेर उहाँलाई समय दिनुभयो । करिब ४० मिनेट सभामा उभिनुभएकी सदस्य शाहीले गहकिएर भन्नुभयो, “सभामुख महोदय, हाम्रो दलले स्थान पाउने कि नपाउने ? सभामा सबै दलको मान्यता त्यही त होला नि ? प्रदेशसभा सचिवालयले गरेको व्यवस्था मिलेन कि ? मलाई बारम्बार सिटकै लागि मरिहत्ते गरेजस्तो किन गरिँदैछ रु मैले पनि कुनै न कुनै धारणा राख्ने वातावरण तयार गर्नुपथ्र्यो कि ? कर्णाली प्रदेशका निमुखा जनताले सरकार, प्रमुख प्रतिपक्षीसहित अन्य दलको धारणा सुन्न पाउनु पर्‍याे नि ?”

कर्णालीमा विकास, समृद्धि भएन भन्ने कुरा उठे पनि विकास कति भयो/भएन भन्ने कुराको मूल्याङ्कन १० जिल्लाका जनताले गरेको उहाँले बताउनुभयो । सानो दलले विश्वासको मत दिँदा सत्तापक्ष र नदिँदा अर्को पार्टीको भयो भन्ने कुन सोच राखिन्छ भने सभामुख महोदय, मैले जाने कहाँ ? प्रश्न गर्दै सदस्य शाहीले भन्नुभयो, “कि गेटबाटै फर्कनुपर्ने हो ? दलको मान्यता दिएपछि त्यहीअनुसार सिटको पनि त व्यवस्था हुनुपर्‍याे । अब म यत्तिकैमा जान्छु र सिटको व्यवस्था होस् ।”

अब बैठक आउन पाइए आउला, नआउन पाइए नआउँला, मेरो आवश्यकता भए बोलाउनु होला नभए नबोलाउनु होला । चार दलले कर्णालीको विकास गर्नु, मैले घुमाएर रिङ्ग्याएर कुरा गर्न जानेको छैन भन्दै उहाँ बैठकबाट बाहिरिनुभयो । त्यसपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घन्टाका लागि स्थगन भएको सूचना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group