ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना सच्याउन भेटेरिनरी एसोसिएसनको माग


एबीसी / संवाददाता
१७ माघ २०७८, सोमबार   ७ : १९   बजे

काठमाडौँ, १७ माघ । नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको छ । आयोगले यही माघ १० गते प्रदेशका विभिन्न सातवटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि गरिएको पदपूर्तिको सूचनामा योग्यता बढाइएकामा एसोसिएसनले गुनासो गरेको छ । एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा योग्यता सच्याउन आग्रह गरिएको छ ।

ती पदमा कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन सङ्गठनले आग्रह गरेको छ । स्थानीय तहहरूमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरू र कर्मचारी सख्या सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिजमा व्यवस्था भएकामा पशु चिकित्सकको दरबन्दी सातौँ र आठौँ हुने प्रस्टसँग उल्लेख रहेको स्पष्ट पारिएको छ । एसोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनबारे २०७७ साल माघ १४ गते बागमती प्रदेश लोकसेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरूलाई कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन अनुरोध गरिएको र सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन छ । आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी पटकपटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुर्‍याउने काम नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group