ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमणको बढ्दो जोखिम : परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा


एबीसी / संवाददाता
२० माघ २०७८, बिहिबार   ३ : ३४   बजे

सुदूरपश्चिम । केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामी बढ्ने क्रम रोकिएको छैन । आफू कोरोना सङ्क्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।
यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’’, धनगढीका एक स्थानीयवासीले भन्नुभयो । नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले सङ्क्रमित भइने डर नागरिकमा देखिन्छ ।

धनगढीमा भेटिनुभएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ । अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको सङ्क्रमण दर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’’, कैलालीका असिफ अन्सारीले भन्नुभयो, ‘‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन् । चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । जसका कारण कुरुवामासमेत सङ्क्रमणको जोखिम देखिएको छ ।

सघन उपचार कक्ष बाहिर भेटिनुभएका कुरुवा वीरसिंह धामीले भन्नुभयो,‘‘एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ,अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफै सङ्क्रमित भइने जोखिम छ ।’’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पु¥याउन २४सै घन्टा कुरुवा बस्नै परेको उहाँको भनाइ छ । गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ ।

कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् । विगत एक हप्ताभित्रमा सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu