ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र


एबीसी / संवाददाता
२० माघ २०७८, बिहिबार   ६ : ११   बजे

ललितपुर । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो । “कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक संरक्षण ऐन, २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासी जोडदार माग गर्दछौँ”, गृहमन्त्री खाँणलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाईदिएको सुनका गरगहनामेत चोरी भएको थियो । मूर्ति चोरी हुँदा सुनाकोठीका बासिन्दा मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, “हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ ।” स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu