ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा


एबीसी / संवाददाता
२२ माघ २०७८, शनिबार   १२ : २५   बजे

गलेश्वर,२२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गर्नुभएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लाग्नुभएको छ ।लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् ।

जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् । ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल । जापानमा १० वर्ष विताउनुभएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गर्नुभएको छ । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाउनुभएको हो । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाउनुभएको छ भने करिव दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताउनुभयो । गतवर्ष उत्पादन भएका सुन्तला काठमाण्डौँ पुर्‍याउनुभएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पुर्‍याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी हुनुहुन्छ । गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गर्नुभएका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ । सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्दै गएपछि आम्दानी पनि बढेको छ ।

मकै कोदो लगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दाकाउली लगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा रु. १५ हजार भन्दा बढी आम्दानी गर्नुभएको छ । पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गर्नुभएको छ । करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रा पालन गरेको उहाँले बताउनुभयो । क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ । उहाँको व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले रु. २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाउनुभएको छ । पौडेलले एकजनालाई रोजगारी दिनुभएको छ भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गर्नुभएको छ । स्थानीय सरकारले घर नजिक कृषि सडक पुर्‍याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ । त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका धु्रब थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उहाँको जीवनमा हरियाली फर्काएको छ । तरकारी बेचेर मात्रै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group