ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानमा हिउँले ल्याएको खुशी


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   १ : ३१   बजे

बनेपा, २३ माघ । काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ । जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान । करिब दुई दिनससम्म परेको हिउँका कारण यातायात ठप्प भएपछि हिँडेर ढुङ्खर्क बजार पुग्नुभएका बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद हुमागाँइले बूढाबूढीका लागि कष्टकर भए पनि अब लगाउने अन्न बाली फस्टाउने आशामा रहेको बताउनुभयो ।

हिमपातका कारण यातायातका साधन नचलेकाले करिब साढे दुई घण्टा हिँडेर शनिबार ढुङ्खर्क बजारमा खाद्यान्न र मरमसला किन्न आइपुग्नुभएका उहाँले अलि मन खिन्न बनाएर भन्नुभयो, “बारीमा लगाएको तोरी, जौँ, गहुँ सबै नष्ट गर्यो । बारीमा सेताम्य भएर छोपेको हिउँको थुप्राले सबै बाली नष्ट भए पनि अब गर्ने खेती सप्रिन्छ होला ।” विसं २०६१/६२ तिर परेको हिउँको सम्झना गर्दै उहाँले अहिले त्यसपछिको धेरै हिउँ परेको समय भएकाले केही क्षति व्यहोर्नु परे पनि अब गर्ने खेती राम्रो हुने बताउनुभयो । बेथानचोक गाउँपालिका–३ का ठाकुर तिमल्सिनाले हिउँ परेपछि जमिन चिसो हुने र खेतीपातीका लागि राम्रो हुने बताउनुभयो । “केही क्षति त सहनै पर्छ, तर अब आउने दिन हामी किसानका लागि हिउँले धेरै खुशी ल्याएको छ”, उहाँले भन्नुभयो, “पाकेको बाली र उम्रँदै गरेको बाली हिउँले थिचेपछि त सबै सखाप हुन्छ, तर अब गर्ने खेती निकै राम्रो हुन्छ ।”

बिहीबार रातिदेखि परेको हिमपातका कारण जिल्लाका उच्च भागमा असर परेको छ । जिल्लाको कोसीपारिको अग्लो भाग भूम्लु गाउँपालिकाको चौबासडाँडा, तेमालको नारायणस्थानलगायत रोशी र बेथाचनोकको अग्लो भाग महाभारत क्षेत्रका अधिकांश भू–भागमा हिउँ परेपछि चिसो बढेको हो । अग्लो भू–भाग भएको बेथानचोकको कामीडाँडा, बेथानचोक नारायणस्थानका डाँडा अझै पनि हिउँले ढाकिएका छन् । हिउँ परेपछि पर्यटकीय क्षेत्र बोथानचोक नारायणस्थानडाँडा र ढुङ्खर्क, गोवभञ्ज्याङलगायतका ठाउँमा शनिबार विभिन्न ठाउँबाट हिउँ खेल्न जानेको भीड थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu