ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   २ : ३३   बजे

काठमाडौँ, २३ माघ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीका लागि खुल्ला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु. तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका – १ र २ तथा उमाकुण्ड गाउँपालिका ७ का आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछाप जिल्लाका आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले आगामी फागुन २ देखि १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे चैत १ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्‘आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु. १२ अर्ब ८ करोड हुने जनाएको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लास्थित खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरिएको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group