ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   २ : ४६   बजे

चितवन, २३ माघ । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमश : बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।

गतवर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ । उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैङ्करहरु बताउँछन् । ठूलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैंकमा सबैभन्दा कम हो । सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रशित पुगेको छ । गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एशिया बैङ्कको बेसरेट बढेको छ । गतवर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।

कृषि क्षेत्रमा ठूला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।” बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उहाँको भनाइ छ । सङ्घका पूर्वअध्यक्ष राजन गौतमले बैङ्क नाफामुखी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ बैङ्कले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धरासायी भइसकेका छन् ।” यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उहाँको छ । सङ्घीय राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैङ्क प्रमुख कारण रहेको उहाँको दाबी छ । बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्राय : रहेका बेला बैङ्कको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कोभिड-१९ ले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो । व्यवसाय रहे बैङ्क रहने र डुवे बैङ्कसमेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैङ्कले व्यवसायीलाई पेल्न नहुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “गाह्रो हुँदा पेल्ने परिपाटी भइरहेको छ । बैंक र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले बैङ्कहरुले ब्याज बढाउँदै लगेपछि व्यवसाय गर्न कठिन हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “थप लगानी गर्न बैङ्क तयार छैनन्, व्यवसायको खर्च बढेको छ, व्यवसाय कम छ । उद्योगको लागत मूल्य निकै बढ्यो ।” होटल, हस्पिटल, औषधि उद्योगलगायतका ठूला लगानीकर्ताको रुपमा परिचित जोशीले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै बैङ्कहरुले बढाउँदै गएको ब्याज दरका कारण व्यवसाय विस्तार गर्न कठिन हुने अवस्था आएको बताउनुभयो । रोयल फर्मासिटिकल्स प्रालिका प्रबन्ध निर्देशक केशव लामिछानेले उद्योगको लागत मूल्य निकै बढेको भन्दै कोभिड-१९ का कारण थला परेको उद्योग क्षेत्रमा बैङ्कको बढ्दो ब्याजले झन् समस्या बनाएको बताउनुभयो ।
निर्माण व्यवसायी सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका लामिछानेले स्वीकृत भएका ऋण बैङ्कले नदिएको, सम्झौताभन्दा बढी ब्याज लिएको, विभिन्न बहानामा दुःख दिएको गुनासो व्यवसायीबाट आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको विषम परिस्थितिमा राष्ट्र बैङ्कले हस्तक्षेप गरेर उद्योग व्यवसाय बचाउनुपर्छ ।” उद्योगी राजु पौडेलले बैङ्कको ब्याज बढ्दा उत्पादनको लागत मूल्य बढेको र उपभोक्तासमेत मार परेको बताउनुभयो । वैधानिक बाटोबाट पूँजी बैङ्कमा आउन नसक्दा तरलता अभाव भएको उहाँको भनाइ छ । सरकारले ब्याज नियन्त्रणमा काम गरेको भए पनि पर्याप्त हुननसकेको उहाँले बताउनुभयो । उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले आन्तरिक उत्पादन कम र आयात बढी हुँदा अर्थतन्त्र कमजोर बनेको बताउनुभयो । बैङ्कमा ऋण लिने अधिकांश उद्योगी व्यवसायी आफू मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group