ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतका डाँडामा हिउँ खेल्नेको लर्को


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   ५ : १०   बजे

काठमाडौं । गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन् । जिल्लाको लेखफाँट, शालिजा, बनांै, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ । शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को नै लागेको छ ।

सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन् । कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बनौमा मात्रै सयांै सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए । यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । शनिबार बिदाको दिन परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताउनुभयो ।

त्यस्तै लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो ।

हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ । यहाँ हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्दछ । वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu