ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नख्खु–बुङमती सडक चैतसम्ममा नै सम्पन्न गर्न निर्देशन


एबीसी / संवाददाता
२४ माघ २०७८, सोमबार   ४ : ३८   बजे

काठमाडौँ, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सडकको अवलोकन गर्न पुग्नुभएका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताउनुभयोे । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५/६ वर्षसम्म काम नभएको उहाँले बताउनुभयो । अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भिआइपी एरिया पनि भएकाले सबै सक्रिय भएर लाग्दा समयमा काम सकिनेछ ।”

विगतका वर्षहरुमा निर्माण सुस्त भए पनि आफूले मन्त्रालय सम्हालेपछि त्यहाँ रहेका अवरोध हटाएर निर्माणको वातावरण बनाउन लागेको मन्त्री यादवले बताउनुभयो । उहाँका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो । त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइसकिएकाले अहिले काम द्रुत रहेको उहाँले बताउनुभयो । सडकमा अरू अवरोध नभएको र यहाँको आयोजना र निर्माण व्यवसायी काम सकाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिन्छ ।” सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ । दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ । केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उहाँले बताउनुभयो । कुनै पनि सडकमा सम्बन्धित प्रदेश र स्थानीय तहले पनि अनुगमन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “कुनै पनि सडक हेरेर किन बनेन वा सडक बनाउँदाको समस्या बुझ्नुपर्छ, समन्वय हुँदा निर्माणमा संलग्नको पनि मनोबल बढ्छ ।” निर्माणाधीन सडकमा पर्याप्त सङ्ख्यामा जनशक्ति र सामग्री भए समयमा सम्पन्न हुनसक्ने मन्त्री यादवले बताउनुभयो । निर्माण कम्पनीले आवश्यकताअनुसार रातको समयमा पनि काम गराउन सक्छ ।

मन्त्री यादवसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटा लगायतका कर्मचारी सहभागी थिए । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । पहिलो ठेक्काको सम्झौता विसं २०७३ असारमा र दोस्रो ठेक्का सम्झौता विसंं २०७४ साउनमा भएको थियो । अहिलेसम्म दुवै ठेक्काको भौतिक प्रगति ७०/७० प्रतिशत पुगेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group