ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो


एबीसी / संवाददाता
८ फाल्गुन २०७८, आइतबार   ४ : १९   बजे

काठमाडौँ, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । इस्लामावाद र ओटावास्थित नेपाली राजदूतावासमा सामूहिकरुपमा राष्ट्रिय गान गाएर प्रारम्भ गरिएका ती कार्यक्रममा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुभएका ज्ञात/अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्तानका लागि नेपाली राजदूत तापस अधिकारी र क्यानाडास्थित नेपालका राजदूत भृगु ढुङ्गानाले नेपालमा नागरिक हक, अधिकार प्राप्त भएको एवम् प्रजातन्त्रको प्रवर्दन गर्ने जिम्मेवारी समेत नेपाली जनतामा आएको दिनको स्मरण गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीले नागरिक शासनको मर्मलाई आत्मसात गर्दै मुलुक निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सङ्कल्प गर्ने दिन हो भन्नुभएको ओटावा र इस्लामावादस्थित नेपाली दूतावासले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर आज जनाएका हुन् । राजदूत अधिकारीले नेपाल-पाकिस्तान सम्बन्धलाई पारस्परिक लाभका खातिर अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभएको थियो । राजदूत ढुङ्गानाले आर्थिक कूटनीतका माध्यमबाट मातृभूमि नेपालको सामाजिक-आर्थिक रुपान्तरणमा सघाउन हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीलाई आफूले सिकेका सीप र ज्ञान नेपालको समृद्धिका निम्ति उपयोग गर्न आह्वान पनि गर्नुभयो ।

पाकिस्तानमा नेपाली समुदायका तर्फबाट डा ठाकुरप्रसाद तिवारीले आफ्नो मन्तव्य राख्नुभएको थियो भने क्यानाडामा गैरआवासीय नेपाली सङ्घका महासचिव अनुप सुवेदीले प्रजातान्त्रिक मूल्यमान्यताको प्रवर्दन उन्नत समाज निर्माणमा योगदान पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group