ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय चुनावका लागि राजनीतिक दल गाउँमा


एबीसी / संवाददाता
१२ फाल्गुन २०७८, बिहिबार   ४ : ४५   बजे

काठमाण्डौं, १२ फागुन । कालीकोट जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्ष गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्य साना दलले गाउँ प्रवेश अभियान थालेका हुन् ।
दलका नेताले गाउँमा गएर कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लिएर अहिले गाउँ गाउँमा अभियान नै थालिएको नेपाली कांग्रेसका जिल्लासभापति अम्मबहादुर शाहीले बताउनुभयो । “पार्टीलाई जिताउका लागि गाउँगाउँमा कार्यकर्ता भेटघाट, घरदैलो र भेला सुरु गरिसकेका छौँ,’’ उहाँले भन्नुभयो,“पार्टीका नेताको कार्यविभाजनअनुसार गाउँ गाउँमा अहिले नेता तथा कार्यकर्ताको सक्रियता बढाइएको छ ।”
जिल्लाका नौवटै स्थानीय तहमा आगामी चुनाव लक्षित कार्यक्रम गर्दै पार्टी प्रवेश तथा कार्यकर्ता भेला र सङ्गठन विस्तारमा लागिएको नेकपा (एमाले)का जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताउनुभयो ।
‘‘चुनाव नजिकिँदै गएको छ । सम्भावित उम्मेदवार छान्न र आगामी चुनावका लागि अहिले हामीले गाउँ गाउँमा अभियान थालेका छौँ,’’ उहाँले भन्नुभयो,“चुनाव आइसक्यो । प्रचारप्रसारलाई तीव्र पारिएको छ ।” माओवादी केन्द्रले अहिले गाउँ गाउँमा गएर वडा तथा टोल भेला गरेर आगामी चुनावका एजेण्डासहित अभियानकै काम अगाडि बढाइएको जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
‘‘हामी विगतमा पाँच स्थानीय तहमा विजयी भएका थियौँ ।’’ उहाँले भन्नुभयो, “यो पटक थप स्थानीय तहमा विजयी हुने गरी अभियान थालेका छौँ ।” पार्टीलाई मजबुत बनाएर एकीकृत रुपमा अगाडि बढाउनाका साथै अहिले सबै स्थानीय तहमा भेला, गोष्ठी, सङ्गठन विस्तारको अभियान चलाइएको नेकपा ९एकीकृत समाजवादी०का जिल्लाअध्यक्ष विश्वराज बमले बताउनुभयो । ‘‘हामीले सङ्गठन सुदृढीकरण र विस्तारको अभियान थालेका छौँ, ’’ उहाँले भन्नुभयो,“हामी सबै नेता तथा कार्यकर्ता गाउँमा छौँ ।”
जिल्लाका साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group