ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यास नगर अस्पताल निर्माण सुरु


एबीसी / संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार   १२ : १४   बजे

काठमाण्डौं, १३ फागुन । तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ । व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको आज शिलान्यास गर्नुहुँदै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताउनुभयो । स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उहाँले भन्नुभयो, “संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडा–वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।”
स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उहाँले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । सङ्घीयता सार्थकसिद्ध भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कोभिड अस्पतालले यस क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास लिएको छु ।”
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड–१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पीसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ । आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
अस्पताल २५ शय्या क्षमताको हुनेछ । अस्पताल भवनमा चिकित्सकको आवाससमेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाले सोही ठाउँमा पीसीआर प्रयोगशाला सञ्चालन गरिरहेको छ । कोभिड–१९ को महामारीका बेला पीसीआर रिपोर्ट आउने नौ÷दश दिन लागेपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र नगरपालिकाको लागत सहभागितामा प्रयोगशाला सञ्चालन भइरहेको छ । उक्त प्रयोगशालाबाट नगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group