ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा लामा


एबीसी / संवाददाता
१७ फाल्गुन २०७८, मंगलबार   ३ : ४७   बजे

मकवानपुर, १७ फागुन । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएका उहाँलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रावधान रहेको छ, तर निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै हार्दिकता देखाएपछि लामा दोस्रो चरणमा निर्विरोध हुनुभएको हो । नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्दतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पार्नुभयो । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनिर्वाचित सभापति लामालाई बधाई ज्ञापन गर्दै आसन्न स्थानीय तह निर्वाचन लक्षित गतिविधि गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group