ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो


एबीसी / संवाददाता
१७ फाल्गुन २०७८, मंगलबार   ४ : २२   बजे

बनेपा, १७ फागुन । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर र्‍याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अस्पतालमा उपचाररत ह्विलचियर प्रयोगकर्ताहरुका लागि वरिपरिका बस्ती र स्थानहरु अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैँसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्विलचियर गुडाउने बाटो निर्माण भइरहेको बताउँदै उहाँले सो कार्यमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेको जानकारी दिनुभयो । “अरूले डो¥याएर नभई आफैँले ह्विलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदैछौँ”, उहाँले भन्नुभयो, “जसले स्पाइनल इञ्जरी भएकाहरुका लागि उत्प्रेरणाको काम हुनेछ ।”

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा २० वर्षअगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकट इञ्जरी भएका तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ । ५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डा. राजु ढकालले बताउनुभयो । अहिले सो अस्पताललाई एक सय शय्या पुर्‍याउनका लागि सबै प्रक्रिया अगाडि बढिसकेकाले भएको भवनहरु प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । अस्पतालले स्पाइनलकट इञ्जरी भएका व्यक्तिलाई उपचार सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा स्पाइनल इञ्जरी भएका रामबहादुर तामाङ, अर्जुन दोङ लगायतले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group