ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै


एबीसी / संवाददाता
२३ फाल्गुन २०७८, सोमबार   १ : ४५   बजे

काठमाडौँ, २३ फागुन । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (सोमबार) महाधिवेशन गर्दैछ ।
मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा. शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा हुनुहुन्छ । तीनै जना प्यानलसहित नै मैदानमा उत्रिनुभएको हो । तीन उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा रहेकाले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना भने कमै रहेको बताइएको छ । सिरहामा भने पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धामा रहँदा यादवलाई संस्थापन र चौधरीलाई इतर पक्षको समर्थन छ ।

सर्लाही र रौतहटमा दुई-दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम आउने छ । सर्लाही सभापतिका लागि संस्थापनबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा रहँदा रौतहटमा सभापतिका लागि संस्थापनबाट सुनिल कुमार यादव र इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । उता, अछाममा पनि सभापतिका लागि दोस्रो चरणको मतदानका लागि पुष्प शाह र भरतकुमार स्वाँरब मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu