ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध राजस्व छली मुद्दा


एबीसी / संवाददाता
२४ फाल्गुन २०७८, मंगलबार   १२ : ५५   बजे

काठमाडौँ, २४ फागुन । राजस्व अनुसन्धान विभागले मदिराको चोरी पैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरू विरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताउनुभयाे । बिइङ ह्युमनका सञ्चालक पर्सा जिल्ला सुगौली गाउँपालिका २ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साकै ठोरी गाउँपालिका ५ सुवर्णपुर घर भई काठमाडौं हाँडीगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका ७ सरस्वती नगरपालिका ७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा ६ का शैलेस पन्त बिरुद्ध मुद्धा दायर गरिएको विभागले जनाएको छ । आरोपितहरु प्रत्येकविरुद्ध ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ विगो र सोही बराबरको जरिवानाको माग दाबी गरिएको छ । आरोपितहरुले भन्सार छलेर ल्याएको मदिरा र ढुवानी साधनसमेत जफत गरिएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group