ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अङ्गदान सहित विश्व मिर्गौला दिवस मनाइने


एबीसी / संवाददाता
२५ फाल्गुन २०७८, बुधबार   ४ : ५५   बजे

‘काठमाण्डौं, २५ फागुन । मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ ।
विश्व मिर्गौला दिवसबारे जानकारी दिन केन्द्रले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक पुकार श्रेष्ठले विश्व मिर्गौला दिवस यसवर्ष अङ्गदान लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न विशिष्ट एवं अन्य व्यक्तिबाट अङ्गदान गर्ने र स्वास्थ्य सेवा दिवसका दिन अङ्गदानको घोषणा गर्नुभएका स्वास्थ्यमन्त्री, मुख्य सचिव, स्वस्थ्य सचिवलगायतका विशिष्ठ व्यक्तिलाई अङ्ग दान कार्ड वितरण गरिने उहाँले बताउनुभयो । दिवसको दिन बिहान ७ः४५ बजे काठमाडौँको शान्ति बाटिकाबाट मिर्गौला पथ यात्रा गर्दै दशरथ रङ्गशालासम्म पुगेर अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति, अङ्गदाता, चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरिने पनि उहाँले जानकारी दिनुभयो ।
अङ्गदान र अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ्य व्यक्ति जत्तिकै हुन सक्छन् भन्ने सन्देश दिँदै अङ्ग प्रत्यारोपण, मष्तिस्क मृत्युबाट हुने अङ्गदानले पाउने नयाँ जीवनबारे प्रचार एवं प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group