ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   १ : ०६   बजे

काठमाण्डौं, २७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको बताउनुभएको हो ।
विभिन्न किसिमको भ्रष्टाचारका लागि विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भए पनि तीमध्ये सबैभन्दा माथि नैतिक शिक्षा भएकाले नैतिकरुपमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने बोध नहुञ्जेल भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ भएको आयुक्त चन्दको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले हाम्रो संस्कारमै भ्रष्टाचार रहेकाले त्यसलाई निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउनु पर्नेमा सुझाव दिनुभयो ।
कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, आयोगको जिल्लास्थित कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले प्रस्तुत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएकामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिकर्मी, सङ्घ, सङ्गठन, बुद्धीजीवी नागरिक समाज र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu